श्रममन्त्री श्रेष्ठसँग सिसेल्समा कार्यरत नेपालीहरुको भेटवार्ता

डिसी नेपाल
८ चैत २०७८ २३:५९

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठको टोलीले सुक्रबार पूर्वी अफ्रिकामा अवस्थित पर्यटकिय मुलुक सेसल्सको भ्रमण गरेको छ । पहिलो पटक सेसेल्स पुगेको श्रम मन्त्री सहितको टोलीले त्यहा रहेका नेपालीहरूका समस्यालाई नजिकबाट बुझ्न र दुई देश बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै पर्यटन र रोजगारीका क्षेत्रमा थप सम्भाब्यता अध्ययन र सम्बद्ध सरकारी निकायसंग छलफल गरेका छन् । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ, सचिव एक नारायण अर्याल, सह सचिब राजिव पोख्रेल, उप सचिव डा .थानेश्वर भुषाल र नेपालका लागि सेसल्स का अवैतनिक राजदूत नरेश दास सहितको प्रतिनिधि मण्डलको टोली सेसल्स सरकारका बिभिन्न मन्त्रालयका मन्त्री तथा प्रतिनिधि मण्डलसंग भेटवार्ता गरेका हुन् ।

मार्च १८ देखि २० तारिख सम्मको ३ दिने सेसल्स भ्रमणमा रहेको मन्त्रीस्तरीय भ्रमण टोलीको स्वागतका लागि सेसल्समा रहेका नेपालीहरूले आईतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए। उक्त कार्यक्रममा सेसल्समा कार्यरत लगभग साढे तीन सय जना नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि का रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ, बिशेष अतिथि मन्त्रालयका सचिव एक नारायण अर्याल, अतिथीहरू सह सचिव राजिव पोख्रेल, उप सचिव डा. थानेश्वर भुसाल नेपालका लागि सिसेल्सका अवैतनिक राजदुत नरेश दास , नेपाली ब्यबसायी तथा समाजसेवी शंकर न्यौपानेर मानव अधिकार कर्मी यम प्रसाद श्रेष्ठ सहभागी कार्यक्रमको अध्यक्षता अईन्द्र योङ्वाले र सञ्चालन भरत बोगटीले गरेका थिए ।

परि आले मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विश्व जित कार्कीले सेसल्सको भौगोलिक अवस्था तथा बस्तुस्थितिका बारेमा जानकारी सहितको मन्तब्य राखेका थिए । कार्यक्रममा उपस्थित केहि ब्यक्तिहरूद्वारा राखिएका प्रश्न र जिज्ञासाको जवाफ  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले दिएका थिए । नेपालीहरुको भेलालाई संबोधनको क्रममा मन्त्री श्रेष्ठले सिसेल्ससंग नयाँ श्रम सम्झौताको लागि पहल भैरहेको जानकारी दिदै बिचौलियाहरूले अबैधानिक तवरबाट नेपाली श्रमिकलाई ठगी गर्ने समस्याहरूको दीर्घकालीन समाधानका कसरी गर्न सकिन्छ भनेर मन्त्रालयले काम गरीरहेको बताए ।

नेपाल सेसल्स बिच कुटनैतिक सम्बन्ध कायम भयको झण्डै तीन दशक भन्दा पनि बढि भै सक्दा पनि यी दुई देश बिच उच्च स्तरिय भ्रमणहरू हुने गरेका थिएनन् । नेपालीहरू रोजगारीको शिलशिलामा बिभिन्न माध्यमबाट त्यहाँ पुग्ने क्रम बढ्दो छ । सेसल्सको रोजगारदाता कम्पनिले लैजाने कामदारको लाग्ने सबै खर्च ब्यहोर्ने भएतापनि पछिल्ला दिनहरूमा मानव तस्कर तथा बिचौलियाहरूलाई जाने कामदारहरूले चर्को रकम बुझाउनुपर्ने र सम्बन्धित स्थानमा पुग्न अघि बिभिन्न सास्ती भोग्नुपर्ने कुरा यदाकदा धेरै सुनिन थालेका पनि छन । सबै प्रक्रियाहरू पुरा गरेर जाने कामदारका लागि सेसल्स रोजगारीको लागि सुरक्षित र राम्रो पारिश्रमिक दिने मुलुक मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *