नागाविरुद्ध आक्रामक बनिन् सामन्था
काठमाडौं। दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा छाइरहन्छिन्। उनी आफ्नो व्यावसायिक जीवनका अलावा निजी जीवनलाई लिएर सामाजिक सञ्जालमा चर्चा परिचर्चाको पात्र बनिरहन्छिन्।
गत वर्ष अभिनेत्रीले अभिनेता पति नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेपछि उनको चर्चा अझ बढेको छ। नागा र सामन्थाले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै आफूहरु अलग्गिने घोषणा गरेका थिए। यद्यपि सामन्थाले केही समयअघि मात्र त्यो पोस्ट हटाएपछि कतै उनीहरु पुनः मिल्न लागेका त होइनन् भन्ने अड्कलबाजी पनि गरिएको थियो।
तर अहिले आएर त्यो अड्कलबाजीलाई सामन्थाले पूर्णविराम लगाइदिएकी छन्। उनले पूर्व पतिलाई इन्स्टाग्रामबाट ‘अनफलो’ गरेकी छन्। यतिमात्र होइन, उनले सामाजिक सञ्जालमा रहेको नागासँगको आफ्ना सबै तस्वीरलाई हटाएकी छन्।
उनको यो कदमले उनी आफू जिन्दगीमा धेरै अगाडि बढिसकेको र पछाडि फर्केर हेर्ने सम्भावना कम रहेको सन्देश दिएकी छन्। यसअघि उनले नागासँगको विवाहमा आफूलाई नागाले दिएको विवाहको साडी पनि फिर्ता गरिदिएकी थिइन्। आफ्नो विवाहमा सामन्थाले नागाकी हजुरआमाको साडी लगाएकी थिइन्। जुन साडीलाई उनले फिर्ता गरेकी हुन्।
सामन्था र नागाले आफ्नो चार वर्षे वैवाहिक सम्बन्धलाई गत वर्षको अक्टोबरमा टुंग्याएका थिए । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आफूहरु अबका दिनमा अलग्गै रहने घोषणा गरेका थिए ।
कामको कुरा गर्दा सामन्था पछिल्लोपटक फिल्म ‘पुष्पा’ को आइटम गीत ‘ओ अन्तावा’मा देखिएकी थिइन् । यसबाहेक उनी ‘यशोदा’, ‘अरेन्जमेन्ट अफ लव’ र ‘शकुन्तलम’मा देखिँदैछिन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment