माओवादी गण्डकीको पदाधिकारी निर्वाचन आज, सबै पदमा उम्मेदवारी दर्ता

डिसी नेपाल
९ चैत २०७८ १७:५३

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीलाई पूर्णता दिन मतदान हुने भएको छ । सर्वसम्मतमा कमिटी चयन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेपछि मतदान हुन लागेको हो । तीन महिनाअघि अध्यक्ष मात्रै चयन गरेर स्थगित भएको अधिवेशन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार सुरु भएको हो ।

कमिटीको उपाध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । तीन सिटका लागि नवलपुरबाट मित्रशरण शर्मा, पर्वतका गुणखर बस्याल, गोरखाका लोकप्रसाद बन्जारा, बागलुङका ज्ञानमान गैह्रे, कास्कीका गंगा पोखरेल र केशव पौडेल तथा तनहुँकी गीता शाहीले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, एक जना सचिवका लागि दुई जनाको मनोनयन छ । गोरखाका जगन्नाथ खनाल र विष्णु भट्टले मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।

तीन सहसचिव पदमा ६ जनाले उम्मेदवारी दिए भने कोषाध्यक्षमा तीन जनाको दावेदारी परेको छ । सहसचिवमा कास्कीका जीवन खाती, राजकुमार दुलाल, लमजुङका मेखबहादुर भण्डारी, स्याङजाका कल्पना अर्याल, तनहुँका अतिन्द्र केशरी न्यौपाने र म्याग्दीका टेकबहादुर विकले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा कास्कीका मेखबहादुर विक र भीमबहादुर विक तथा स्याङजाका तारा भुसालको उम्मेदवारी परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *