पूर्व जाँदा घुम्नै पर्ने ठाउँ ‘बेतना सिमसार’ [फोटो फिचर]

डिसी नेपाल
१० चैत २०७८ ११:३९

काठमाडौं । मोरङ जाँदा घुम्न जानै पर्ने स्थान हो बेतना सिमसार । बेतना सिमसार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि जीव तथा पक्षीको अध्ययन तथा अनुसन्धानको लागि उपयुक्त क्षेत्र हो । यस सिमसारमा सामन्य दिनहरुमा दैनिक ५ सय देखि हजार मानिसहरु घुम्न आउने गर्दछन् भने केही विशेष दिनहरुमा ५ हजार भन्दा बढी मानिसहरु यहाँ पुग्दछन् ।

पूर्वपश्चिम राजमार्गको छउैमा उत्तरपट्टि रहेको यस सिमसार १ सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कछुवाका अनुसन्धान क्षेत्रको रुपमा विकास भइरहेको बेतना सिमसारमा कमिलाको प्रतिक काठेपुल अजिगर, बाँदर, वन कुखुरा, बकुल्ला, हरिण, बँदेल ,खरायो, गधा, लगायतका पशुपंक्षि तथा जनावार हेर्न पाइन्छ ।

यस सिमसार क्षेत्रमा जल सतहपनि भएकाले यहाँ ढुंगामा चढेर रमाउन पनि धेरै मानिसहरु यहाँ पुग्ने गर्दछन् । यसका साथै पारिवारी भ्रमण, शैक्षिक भ्रमण, पिकनिकका लागि पनि यस क्षेत्रमा पुग्ने गर्दछन् । बेलबारी नगरपालीका भित्र पर्ने यस बेतना सिमसारको रमणीयताले अधिकांश मानिसलाई लोभ्याउने गरेको पाइन्छ । यस क्षेत्र प्रकृतिको सुन्दरतामा रम्न चाहनेहरुको रोजाइमा पर्ने गरेको छ ।

तस्विरमा हेर्नुहोस्:

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *