मनकामना केबुलकार सोमबार बन्द हुने
काठमाडौँ। नेपालको पहिलो केबुलकार मनकमना केबुलकार सोमबार बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।
मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने छ ।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबुलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment