यस्तो छ चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण कार्यक्रम

डिसी नेपाल
११ चैत २०७८ १४:१०
208
Shares

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन्। उनी परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा काठमाडौं आउन लागेका हुन्। उनी पाकिस्तान, अफगानिस्तान, भारत हुदै नेपाल आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्री वाङ दिउसो चार बजेको वरपर काठमाडौं आइपुग्ने कार्यक्रम छ। त्यसपछि उनी आफू बस्ने बत्तिसपुतलीस्थि होटल द्वारिकामा जानेछन्। शुक्रबार उनको कुनै औपचारिक कार्यक्रम राखिएको छैन।

शनिबार दिउसो दुई बजेतिर उनी नेपाल–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन्। वार्ता सकिएपछि नेपाल–चीनका सम्बन्धीत पदाधिकारीबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

द्विपक्षीय वार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन्। शनिबार नै परराष्ट्रमन्त्री खड्काले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा उनी सहभागी हुने कार्यक्रम छ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने जनाइएको छ। नेपालको तीन दिने भ्रमण सम्पन्न गरी आइतबार बेलुकी उनी स्वदेश फर्कनेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *