पीएनजी विरुद्ध रोहित पौडेलको कीर्तिमान अर्धशतक

डिसी नेपाल
११ चैत २०७८ १५:५५
340
Shares

काठमाडौं । नेपाली ब्याट्सम्यान रोहित पौडेलले पपुवा न्यूगिननी (पीएनजी)विरुद्ध अर्धशतक प्रहार गरेका छन्। । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीविरुद्ध लक्ष्य पछ्याउने क्रममा रोहितले अर्धशतक पुरा गरेका हुन् ।

पौडेलले ५४ बलमा ३ चौका १ छक्का प्रहर गर्दै अर्धशतक पुरा गरे । रोहितको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाँचौं अर्धशतक हो । पीएनजीविरुद्ध रोहितको यो दोस्रो अर्धशतक हो ।

यो अर्धशतकसँगै रोहित नेपालक लागि एकदिवसीय अन्तराष्ट्रिय खेलमा यसअघि ४ अर्धशतक प्रहार गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उछिन्दै सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन्।हाल मैदानमा ७६ बलमा ७८ रनमा उच्च लयका साथ मैदानमा खेलिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *