रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
११ चैत २०७८ २१:०३

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका– ३ मिझिङ लोवाङमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा सुनिलस्मृति गाउँपालिका–५ का २० वर्षीय सहचालक खुमे थापा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक सुनिलस्मृति गाउँपालिका–३ का २४ वर्षीय चालक यमराज विष्ट गम्भीर घाइते छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरबाट वडा नं ६ गजुलकाभ्रातर्फ बालुवा लिएर जाँदै गरेको लु३त ९९६० नंको ट्र्याक्टर दुर्घटनाग्रस्त भएको थियो । ट्र्याक्टर सडकबाट करिब ६० मिटर तल खसेको थियो । दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएकामा सहचालक थापाको बेलुका ६ः४५ बजे मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए । चालक विष्टलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको रानाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *