मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित
काठमाडौं। कतार फिफा विश्वकप-२०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलसँगै भेनेजुएलामाथि ३-० अन्तरको सानदार जित निकालेको छ। शनिबार बिहान घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे।
अर्जेन्टिनाले घरेलु दर्शक माझ पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो। ३४औं मिनेटमा निकोलस गोन्जालेजको गोलसंगै अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनायो। ७९औं मिनेटमा डि मारियाले गोल गरे।
८२औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनाको सानदार जित निकाले। जितपछि अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा छ। पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा छ । अर्जेन्टिना भने यसअघिनै विश्वकपमा स्थान बनाइसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment