गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्दै नेकपा (एकीकृत समाजवादी)

डिसी नेपाल
१२ चैत २०७८ ११:०४
84
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले महासचिव डा.बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्याधिकार कार्यदललाई दिइने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यदल गठन केही दिनमै हुने पनि उनले बताए । ‘प्रतिगमनविरोधी शक्तिलाई परास्त गर्न भए पनि गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने हाम्रो बुझाइ हो र सत्तारुढ गठबन्धनका घटकहरू पनि गठबन्धनको पक्षमा छन्’, खतिवडाले भने, ‘महासचिवको नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने तयारीमा छौँ । नेताहरू उपत्यकाबाहिर भएकाले ढिलाई भएको हो ।’

माधवकुमार नेपाल नेतृत्वको उक्त दल पहिलोपटक निर्वाचनमा जाँदैछ । निर्वाचनबाट राष्ट्रिय दल बन्न चुनौती छ । महाकाली सन्धिप्रति विरोध जनाउँदै २०५४ मा एमालेबाट अलग भएर नेता बामदेव गौतम नेतृत्वमा नेकपा (माले) गठन हुँदा उक्त दलले २०५६ मा भएको निर्वाचनमा एक सिट पनि जितेन।त्यही भएर नेपाल नेतृत्वको दलले निर्वाचनमा गठबन्धनलाई पहिलो प्राथमिकता दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *