दीपेन्द्र एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली

डिसी नेपाल
१२ चैत २०७८ १३:०४
44
Shares

काठमाडौं।नेपाली क्रिकेट टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरी एकदिवसीय क्रिकेटमा शतक बनाउने तेस्रो नेपाली ब्याटर बनेका छन् ।यसअघि नेपालबाट पूर्व कप्तान पारस खड्काले सन् २०१९ मा पारस खड्काले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एक सय १५ र रोहितकुमार पौडेलले शुक्रबार भएको पिएनजीविरुद्धको खेलमा एक सय २६ रन बनाएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा दीपेन्द्रले एक सय ३६ बलमा ६ चौकासहित १०० रन पूरा गरे । एकदिवसीय क्रिकेटमा यो दीपेन्द्रको पहिलो शतक हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *