‘लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२२’को उपाधि मञ्जु डोटेललाई

डिसी नेपाल
१३ चैत २०७८ १०:३१
132
Shares

काठमाडौं। काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मन्जु डोटेलले हात पारेकी छन्।

सिजन मिडियाद्वारा शनिबार आयोजित समरोहमा बाह्र प्रतियोगीलाई पछि पार्दै डोटेलले उपाधि लिन सफल भएकी हुन्। उनले पपुलर र मल्टिमिडिया अवार्डसमेत जितेकी छन्।

काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा धनगढीकी निरु सिंह फष्ट रनर अप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनर अप हुन सफल भइन्।

प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमश थर्ड र फोर्थ रनर अप हुन सफल हुनुभयो भने मिना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गरेकी छन्।

अन्तिम प्रतिष्पर्धामा निरु सिंहले मिसेस इलिगेन्स , सविता पोखरेलले मिसेस व्यूटिफुल स्किन, सावित्री पाण्डेले मिसेस भ्युअर च्वाइस, सुमिता तामाङ गुरुंगले मिसेस इनोसेन्ट, दुर्गा लामिछाने मिसेस इन्टेलिजेन्स अवार्ड प्राप्त गरन्।ि

यस्तै सविना आले मगरले मिसेस फेसनेवल, रुपा परियारले मिसेस मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले मिसेस डिसिप्लिन, सीता पाण्डेले मिसेस वेष्ट वाक, प्रेरणा सिंजापति बरालले मिसेस फोटोग्राफिक, मिना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गरिन्।

कुल २० प्रतिष्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिष्पर्धामा सहभागि हुनुभएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए। फागुनमा १५ बाट शुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *