काठमाडौं तेस्रो धेरै मतदाता भएको जिल्ला, मधेश प्रदेशमा सबैभन्दा धेरै मतदान केन्द्र (सूचीसहित)

डिसी नेपाल
१३ चैत २०७८ २१:३१
80
Shares

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि घोषणा भएको माघ २४ गतेभत्रि मतदाता नामावलीमा नामदर्ता गरी वैशाख २९ गते १८ वर्ष उमेर पूरा हुने ८७ लाख ४१ हजार ५३० महिला ८९ लाख ९२ हजार ०२० पुरुष तथा १८३ अन्य गरी जम्मा १ करोड ७७ ला ३३ हजार ७ सय २३ मतदाताको अन्तिम नामावली आयोगले स्वीकृत गरको छ।

आयोगका अनुसार मोरङमा सबैभन्दा धेरै मतदाता रहेका छन् । जहाँ ७ लाख १५ हजार २२३ मतदाता रहेका छन् ।

झापामा ६ लाख ४६ हजार २३४ मतदाता रहेका छन् भने तेस्रो स्थानमा काठमाडौं रहेको छ । ६ लाख ३७ हजार ७७५ मतदाता रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार मनाङमा सबैभन्दा कम ६ हजार ४९३ रहेको छ । त्यसपछि मुस्ताङ र डोल्पा रहेको छ । आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै मतदान केन्द्र रहेको छ । जहाँ ४ हजार १८९ मतदान केन्द्र रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *