‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर
काठमाडौं। चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ सम्पन्न भएको छ। चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ।
‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेखेका हुन्। गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् । माया प्रेमको गीतमा प्रताप र दीपाको स्वर रहेको छ।
गोल्डेन स्टेट मूभि मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्र जेठमा छायाँकन गर्ने तयारी रहेको छ । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राविधिक टिम छनोट कार्य भइरहेको निर्देशक सुवेदीले बताए ।
सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन चलचित्रमा हुने दाबी गरे। चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment