३४ जनालाई वडा कार्यालयको सम्मान

डिसी नेपाल
१५ चैत २०७८ २१:००
32
Shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयले विभिन्न क्षेत्रका ३४ व्यक्तिलाई सम्मान गरेको छ । पाँच वर्षे कार्यकाल सकिन लाग्दा वडा कार्यालय बाम्राङले मंगलबार सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेर वडाका ज्येष्ठ नागरिक, समाजसेवी, अपांग, कलाकार, खेलाडी, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट शिक्षक, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान गरेको हो । बाम्राङमा जन्मिएर विभिन्न क्षेत्रमा रही आफ्नै गाउँ–ठाउँको उन्नति प्रगति तथा पहिचानका लागि योगदान पुर्‍याएका स्थानीयलाई छानेर सम्मान गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए ।

वडा कार्यालयले ६ जना ज्येष्ठ नागरिक, ४ जना कलाकार, ३ जना खेलाडी, २ जना समाजसेवी, कोभिड–१९ बाट बच्नका लागि जनचेतना फैलाउन योगदान पुर्‍याएका ३ जना शिक्षक, ३ जना उत्कृष्ट शिक्षक, २ जना उत्कृष्ट स्वास्थ्यकर्मी, ३ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, १ जना अपांग, ६ जना उत्कृष्ट विद्यार्थी र १ जना एक्स्काभेटर अपरेटरलाई सम्मान गरेको हो । उनीहरूलाई प्रमुख अतिथिका रूपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए ।

वडा कार्यालयले ज्येष्ठ नागरिक धनबहादुर भुजेल, सितलमान राई, सम्मरबहादुर दर्जी, मेघबहादुर दाहाल, फुलमायाँ दर्जी र राम्रीमायाँ राई, गायक डिबी सागर राई, सचिन राई र विकास संगम राई, हाँस्यकलाकार योगिन राई, कराते खेलाडी कृतमान राई, सन्तोष राई र नन्जु राई, समाजसेवी रामप्रसाद राई र टंकप्रसाद खतिवडालाई सम्मान गरेको हो ।

यस्तै, उत्कृष्ट शिक्षक उर्मिला राई, सूर्यबहादुर थापा र मविहाङ राई, उत्कृष्ट स्वास्थ्यकर्मी ओमराज खतिवडा र बिना खत्री, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका रामकुमारी रम्तेल, सिता राई र जगतकुमारी श्रेष्ठ, अपांगता भएकी सिता राई, उत्कृष्ट विद्यार्थी अमृता राई, नवराज थापा, आकृति राई, चमराज राई, सरिता राई र उषा राई तथा एक्स्काभेटर अपरेटर अमर राईलाई सम्मान गरिएको छ ।

कोभिडमा सचेतना फैलाउने तीन शिक्षकलाई पनि सम्मान

वडा कार्यालय बाम्राङले कोभिड–१९ को महामारीका बेला जनचेतना फैलाउन योगदान दिएका तीन शिक्षकलाई सम्मान गरेको छ । महामारीकाबेला आफ्नो ज्यान जोखिममा राखेर ‘बाँच्ने र बचाउने’ सचेतनामुलक गतिविधि सञ्चालन गरेका शिक्षक टंकप्रसाद भण्डारी, तेजबहादुर कट्वाल र शिवप्रसाद राईलाई सम्मान गरेको हो । उनीहरूलाई पनि दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको छ ।

सावित्रा माविको प्रांगणमा आयोजित कार्यक्रममा गायक डिबी सागर राई, सचिन राई र विकास संगम राईले सांगीतिक मनोरञ्जन दिएका थिए । सहभागीलाई हाँस्यकलाकार योगिन राईले पनि हँसाएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *