चन्द र भट्टराईलाई मणिराज बाङमय पुरस्कार
काठमाडाैं। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले विभिन्न विधाका सहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ।
प्रतिष्ठानले मंगलबार काठमाडौमा आयोजना गरेको विविध पुरस्कार एवम अभिनन्दन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४ औँ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुस्कार वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा राकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताए ।
प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैयाँ राशीको मणिराज बाङमय पुरस्कार पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा तुलसी भट्टराईलाई प्रदान गरेको छ ।
प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ । स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्कार भरतराज पौडेललाई प्रदान गरिएको छ । प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्राडा रामचन्द्र भट्ट र खडगबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरिएको छ ।
सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक यात्रा बृत्तान्त पुस्तक समेत लोकार्पण गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment