पसल लुटेराले गरे सञ्चालकमाथि आक्रमण

डिसी नेपाल
१८ चैत २०७८ ६:४२

भैरहवा। सुनचाँदी पसल लुट्न आएकाे समूहले पसल संचालकमाथि आक्रमण गरी घाइते बनाएकाे छ। रुपन्देहीको सैनामैना-१, रानवगियामा रहेकाे बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हताैडा प्रहार गरी पसलका संचालकलाई घाइते बनाएका हुन्।

बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने याेजना बनाएर आएकाे २ जनाकाे समूहले पसल संचालक माथि नै आक्रमण गरेका थिए। संचालक अन्दाजी वर्ष ३५का गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।

लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ। प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न.३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन्। ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *