पानी नपरेसम्म काठमाडौंको मौसम पूर्णरुपमा खुल्दैनः मौसम पूर्वानुमान शाखा
काठमाडौं। मौसम पूर्वानुमान शाखाका अनुसार आज देश भरिको मौसम धुम्म रहने छ।
शाखाका अनुसार प्रदेश एकका केही पहाडी जिल्ला,बाग्मती र गण्डकी प्रदेशका केही जिल्लाहरुमा बेलुका सम्म सामान्य वर्षाको पनि सम्भावना रहेको छ। प्रदेश दुई,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका ठाउँहरुमा भने आजको मौसम सामान्य रहेकाले वर्षातको सम्भावना न्यून रहेको छ।
काठमाडौं उपत्यकाको हकमा भने वायुमा धेरै प्रदुषण भएका कारण पानी नपरेसम्म मौसम पूर्णरुपमा सफा नहुने मौसमविद् वरुण पौडेलले जानकारी दिए।
पौडेलका अनुसार अहिले उपत्यकाको आकाशमा स्थानीय प्रदुषण र देश विदेशका विभिन्न ठाउँहरुमा डढेलोको धुवाहरु जम्मा भएको कारण आकाश खुल्न नसकेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment