सामन्था रुथ प्रभुको बोल्ड स्टाइलले मच्चायो हंगामा
एजेन्सी। साउथ सुपरस्टार सामन्था रुथ प्रभुको बोल्ड स्टाइलबाट सामाजिक संजालमा हंगामा मचाएको छ। ‘उ अन्तावा’ आइटम गीतबाट उनलाई एक्कासी इन्डस्ट्रीकी बोल्ड नायिकामा गनिन थालिएको छ।
हालै उनको निकै बोल्ड फोटोशूट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जसमा अभिनेत्रीले ब्रालेटमा पोज दिएकी छिन् ।
सामन्था फेसन र मनोरन्जन पत्रिका, कॉस्मोपॉलिटन इंडियाको लागि नयाँ कभरगर्लको रूपमा उभिएकी छिन्। बहु-रंगको ब्रालेट र थाई स्लिट स्कर्टमा अभिनेत्री एकदमै फिट र सिजलिंग देखिन्छिन्। यो फेसन डिजाइनर राहुल मिश्रको संग्रह ‘द एन्चान्टेड गार्डन’ बाट लिइएको हो।

सामन्थाले आफ्नो लुक पूरा गर्न घाँटीमा सुन्दर पेडेन्ट चेन लगाएकी छिन। नायिकाले आफ्नो पहिरनसँगै मेकअपलाई न्यूनतम राखेकी छिन् ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment