अविश्वासको प्रस्तावमा मतदानअघि इस्लामाबादमा रेड अलर्ट, इमरानले भोलि ठूलो खुलासा गर्ने

डिसी नेपाल
१९ चैत २०७८ १४:२५
148
Shares

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खान सरकारबाट बाहिरिने लगभग तय भएको छ । तर, इमरान र उनका मन्त्रीहरूले सरकारलाई कुनै खतरा नभएको दाबी गरिरहेका छन् । एक अन्तर्वार्तामा इमरानले फेरि नयाँ दाबी गरेका छन् । उनले भने – ‘देश र विश्व तयार हुनुपर्छ । म आइतबार ठूलो खुलासा गर्नेछु।’

अर्कोतर्फ अविश्वासको प्रस्तावमा मतदान हुनुअघि नेशनल असेम्बलीको सुरक्षा व्यवस्था बढाइएको छ । विपक्षी नेता शाहबाज शरीफले इस्लामाबाद राजधानी क्षेत्र (आईसीटी) लाई प्रत्येक सांसदको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्। यसैबीच इस्लामावादमा पनि रेड अलर्ट घोषणा गरिएको छ । विपक्षी दलका प्रधानमन्त्री उम्मेदवार शाहबाज सरिफको सुरक्षाका लागि कमाण्डो तैनाथ गरिएको छ ।

विपक्षी दलले अविश्वासको प्रस्तावमा मतदानका लागि पिटिआइका असन्तुष्ट सांसदहरूलाई मतदान नगराउने निर्णय गरेका छन् । विपक्षीहरुका अनुसार उनीहरुसँग प्रस्ताव पारित गराउन आवश्यक संख्या पहिले नै छ, त्यसैले पीटीआईका विद्रोही सांसदहरुले आवश्यक नपर्दासम्म मत हाल्ने छैनन् । मतदान प्रक्रियामा प्रश्न उठ्न नदिन यो निर्णय गरिएको हो ।

इमरान खानका निकटतम र क्याबिनेट मन्त्री फवाद चौधरीले पाकिस्तान मुस्लिम लिगका नेता शाहबाज शरीफको खिल्ली उडाएका छन् । चौधरीले भने– सपना देख्ने अधिकार सबैलाई छ । शाहबाज शरीफ पनि वजीर–ए–आजम बन्ने सपना देखेर बसिरहेका छन् भने के भनौं ? हामीले उनीहरुलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न दिँदैनौं भन्ने कुरा उनीहरुले बुझ्नुपर्छ । तपाईले देख्नुहुनेछ कि चीजहरू कति छिटो परिवर्तन हुन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *