रुस-युक्रेन युद्धले इराकलाई फाइदा, तेल निर्यात रेकर्ड स्तरमा पुग्यो
काठमाडौं । इराकको तेल मन्त्रालयले गत महिना ११.०७ अर्ब डलरको तेल निर्यात गरेको जनाएको छ । यो पछिल्लो आधा शताब्दीमा इराकबाट सबैभन्दा ठूलो तेल निर्यात हो।
एएफपी समाचार एजेन्सीको रिपोर्टका अनुसार युक्रेनमा रुसको आक्रमणको डर र तेल आपूर्तिको अभावका कारण मूल्य बढेका कारण इराकको आम्दानी बढेको हो। ओपेक राष्ट्रहरूमध्ये इराक दोस्रो ठूलो तेल उत्पादक राष्ट्र हो।
इराकी तेल मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, “१,००,५६३,९९९ ब्यारेल तेलको निर्यातबाट ११.०७ बिलियन डलर राजस्व आर्जन भएको छ। यो सन् १९७२ यताकै उच्च राजस्व हो।”
शुक्रबार सार्वजनिक भएको तथ्याङ्क प्रारम्भिक भएपनि अन्तिम तथ्यांक यसभन्दा फरक नहुने तेल मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
इराकको तेल निर्यात फेब्रुअरीमा आठ वर्षयताकै उच्च स्तरमा पुगेको छ। इराकको राजस्वको ९० प्रतिशत तेल निर्यातबाट आउँछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment