युक्रेनबाट पछि हटेको रुसी सेनाको ‘खतरनाक गेमप्लान’, आफूहरु नभए पनि युक्रेनमा विनाश जारी
काठमाडौं। युक्रेनको उत्तरी इलाकाबाट पछि हटिरहेको रुसी सेनाको नयाँ चाल सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको क्षेत्र खाली गर्दा रुसी सेनाले त्यहाँ माइन बिछ्याएको दाबी गरेका छन् ।
युक्रेनले कीभ नजिकै रुसको कब्जामा रहेका ३० वटा गाउँ र सहरलाई मुक्त गरेको दाबी गरेको छ । गत हप्ता रुसले युद्धको क्रममा पूर्वी युक्रेनमा ध्यान केन्द्रित गर्न उत्तरी क्षेत्र, किभ र चेर्निहाइभबाट सेना घटाउने घोषणा गरेको थियो ।
एजेन्सीका अनुसार जेलेन्स्कीले शनिबार भिडियो जारी गर्दै भनेका छन् ‘शत्रुहरू हाम्रो देशको उत्तरी क्षेत्र छाडिरहेका छन् । यो प्रक्रिया पक्कै ढिलो छ, तर यसलाई ध्यान दिनुपर्छ। कतिपय ठाउँमा रुसी सैनिकहरूलाई धपाउन लागिएको छ भने कतिपय ठाउँमा उनीहरू आफैँ छाडिरहेका छन् ।’
जेलेन्स्कीले रुसी सैनिकहरूले घरहरू, सामानहरू र मानिसहरूको शवहरू नजिकै माइन बिछ्याएको आरोप लगाए। चेर्निहाइभका गभर्नर भ्याचेस्लाभ चाउसले पनि जेलेन्स्कीको दाबी दोहोर्याए। राजधानी कीभ नजिकै धेरै माइन बिच्छ्याइएको उनले बताए । अहिलेसम्म रुसी रक्षा मन्त्रालयले यस विषयमा कुनै वक्तव्य जारी गरेको छैन ।
यसअघि शनिबार युक्रेनको आपतकालीन सेवाले रुसी कब्जाबाट मुक्त भएका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहन चेतावनी दिएको थियो। उसले एक विज्ञप्तिमा पश्चिमी युक्रेनको राजधानी दिमित्रिभकाबाट एकै दिनमा १५०० भन्दा बढी विस्फोटक पदार्थ बरामद गरिएको बताएको थियो ।
जेलेन्स्कीले माइनहरु हटाउन प्रयास भइरहेको बताए । तर लोइ क्षेत्र खाली गरिसकेकाहरुलाई केही दिन बाहिर बस्न आग्रह गरिएको छ । जेलेन्स्कीले भने ‘अहिले हामी युद्ध भन्दा पहिले जस्तो जीवन बाँच्थ्यौं त्यो चरणमा पुग्न असम्भव छ।’
२४ फेब्रुअरीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध युद्ध सुरु गरेका थिए। पुटिनले यस कार्यलाई ‘युक्रेनको असैनिकीकरण’ र “विशेष सैन्य अपरेशन“ भनेका थिए । यस युद्धका कारण युक्रेनका एक करोडभन्दा बढी मानिस घरबार छोडेर अन्यत्र बसाइँ सरेका छन् ।







डिसी नेपाल







Facebook Comment