पाकिस्तानमा विपक्षीले अविश्वासको प्रस्तावमा मतदान गरे, नयाँ प्रधानमन्त्री पनि निर्वाचित गरे

डिसी नेपाल
२० चैत २०७८ १७:३४
6.4k
Shares

काठमाडौं। पाकिस्तानका सभामुखले प्रधानमन्त्रीविरुद्ध ल्याइएको अविश्वसको प्रस्तावलाई असंवैधासिनक भन्दै खारेज गरिदिएपछि इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव स्वतः निष्क्रिय भएको छ । सभामुखको यो निर्णयको विरुद्ध विपक्षी दलहरु सर्वोच्च अदालत भएका छन् । तर, यही बीचमा पाकिस्तानको संसदमा हाइभोल्टेज नाटक मञ्चन भएको छ ।

आज दिउँसो १२ बजे प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, आजै सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कार्यवाहक सभामुखको भूमिकामा बैठकको अध्यक्षता गरिरहेका उपसभामुख कासिम सुरीले अविश्वासको प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरिदिए । लगत्तै इमरान खानले संसद विघटन गर्ने सिफारिस गरे जुन सिफारिस राष्ट्रपतिले पनि सदर गरिदिए ।

यससँगै विपक्षी दलले संसद भवनमा कब्जा गरे । उनीहरुले आफैं अविश्वसको प्रस्तावमाथि मतदान गरे । मतदानपछि उनीहरुले पाकिस्तान मुस्लिम लिग नवाजका नेता शहबाज शरीफलाई नयाँ प्रधानमन्त्री निर्वाचित पनि गरेका छन् । मतदानको लागि उनीहरुले अयाज सादिकलाई आफ्नो सभामुख चुनेर अविश्वासको प्रस्तावमाथि मतदान गरेका थिए ।

विपक्षी दलहरुका अनुसार मतदानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा १९५ मत परेको छ । यसैबीच पाकिस्तानको सर्वोच्च अदालतले यस मामिलामा एक्सन लिँदै विवादको सुनुवाइको लागि एक विशेष इजलास गठन गरेको छ । विपक्षी नेता शहबाज शरीफले सर्वोच्च अदालतको फैसलाको प्रतिक्षा गरिरहेको बताउँदै सर्वोच्चको फैसला आफूहरुको विरुद्ध आए निर्वाचनमा जान तयार रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *