पाँचतारे होटलमा चलिरहेको अश्लील पार्टीमा छापा, धगाढ्यका छोराछोरीसहित १४२ पक्राउ
काठमाडौं । हैदरावाद प्रहरीको टास्क फोर्स टोलीले आइतबार बिहान बन्जारा हिल्सस्थित पाँचतारे होटलको पबमा छापा मारेको छ। यहाँ रेभ पार्टी चलिरहेको थियो र यस छापामारीमा अभिनेता, राजनीतिज्ञ र धेरै भिआइपीहरूका छोराछोरीहरू सहित लगभग १४२ जनालाई हिरासतमा राखिएको छ।
एक वरिष्ठ प्रहरी अधिकारीले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार होटलका एक कर्मचारीबाट कोकिन सहित लागूपदार्थ बरामद गरिएको थियो। पबमा पार्टी आयोजना भइरहेको, यो पार्टीले तोकिएको समयको नियम उल्लङ्घन गरिरहेको जानकारी पाएपछि प्रहरीले छापा मारेर होटलका कर्मचारीबाहेक १४२ जनालाई नियन्त्रणमा लिएको प्रहरी अधिकारीले जानकारी दिए ।
यो रेभ पार्टीबाट एक ठूला तेलुगु अभिनेताकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । यसैबीच, हैदरावादका पुलिस आयुक्त सीवी आनन्दले एसीपी (बंजारा हिल्स-डिभिजन) को कथित लापरवाहीको लागि चार्ज मेमो सहित बंजारा हिल्स पुलिस स्टेशनका एसएचओलाई निलम्बन गर्ने आदेश दिएका छन् ।







डिसी नेपाल







Facebook Comment