‘बुचा नरसंहार’को अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा

डिसी नेपाल
२१ चैत २०७८ १२:५०
292
Shares

काठमाडौं । युक्रेनी नगर बुचामा भएको आमहत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन्।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले त्यहाँ छरिएका कङ्कालको दृश्य निराशाजनक भएको बताएका छन्।

जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले स्तब्ध भएको प्रतिक्रिया दिएका छन् भने युरोपेली आयोगकी प्रमुखले रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने प्रतिबद्धता जनाएकी छन्।

भिडिओमा सर्वसाधारणहरूको शव सहर र पछाडिका गल्लीहरूमा त्यसै छाडिएको र कतिपयका हात बाँधिएको देखिएको थियो।

रुसले ती तस्बिरको सत्यताबारे प्रश्न उठाउँदै बुचामा ‘युक्रेनी कट्टरपन्थीका उत्तेजनात्मक’ कदमबारे छलफल गर्न सुरक्षा परिषद्को आपत्कालीन बैठक डाकिनुपर्ने माग गरेको छ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुस विरुद्धको लडाइँ जित्ने बताएका छन्।

युक्रेनी सर्वसाधारणहरूलाई रुसले निशाना बनाएकोमा निन्दा गर्दै एउटा भिडिओ सन्देशमार्फत उनले त्यस्तो बताएका हुन्।

यसअघि युक्रेनका अभियोजकहरूले चार सय भन्दा बढी शवहरू किएभ नजिकैका नगरहरूमा फेला परेको बताएका थिए।

जेलेन्स्कीले रुसले ती क्षेत्रहरूबाट फिर्ता हुने क्रममा युक्रेनीहरूविरूद्ध नरसंहार गरेको भन्दै रुसी अपराधलाई दण्डित गर्न नयाँ प्रतिबन्धहरू मात्रै पर्याप्त नहुने बताए।

किएभ नजिकैको एउटा युद्ध क्षेत्रबाट रुसी फौजहरू फर्कने क्रममा जथाभाबी हत्या गरिएका दाबी गरिएका छन्।

युक्रेनी विदेशमन्त्रीले रुसी फौजले ‘योजनाबद्ध रूपमा नरसंहार मच्चाएको’ दाबी गरेका छन्।

बीबीसीका जेरमी बोवन भन्छन् युक्रेनी फौजले कम्तीमा २० जना मृत पुरुषका शव फेला पारेको र त्यसमध्ये कतिपयका हात पछाडिबाट बाँधिएको अवस्थामा रहेको बताएका छन्।

एउटा अमेरिकी प्रविधि फर्मले बुचामा सामूहिक चिहान पत्ता लगाएको ठाउँमा ४५ फुट गहिरो खाडल रहेको भूउपग्रहका तस्बिरले देखाएको जनाएको छ।

मार्च ३१ मा लिइएका तस्विरले म्याक्सर टेक्नोलोजिजले लिइएको हो र त्यहाँ खन्ने काम भएको सङ्केत मार्च १० बाट नै देखिएको उल्लेख गरेको छ।

बीबीसीले ती तस्बिरलाई पुष्टि गर्न सकेन तर सीएनएनको एउटा टोलीले उक्त सामूहिक चिहान स्थलमा शवहरू देखेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *