इमरान खानको ‘राजनीतिक सरप्राइज’मा रेहम खानको आक्रोश

डिसी नेपाल
२१ चैत २०७८ १३:५६
48
Shares

इस्लामाबाद । पाकिस्तानमा इमरान खानले आइतबार आफ्ना विपक्षीसहित देशका जनतालाई चकित पार्ने काम गरेका छन् । इमरान खानले नेशनल एसेम्बली भंग गरेर नयाँ चुनाव गराउने कुरा गरेसँगै पाकिस्तानका नेताहरु र आम जनताबाट प्रतिक्रिया आउन थालेका छन् ।

विपक्षीहरूले इमरान खानको कदमलाई असंवैधानिक भनेका छन् र यस मामिलामा सर्वोच्च अदालतको स्वतः संज्ञानलाई आशावादी नजरले हेरिरहेका छन्। सर्वोच्च अदालतको फैसला र नयाँ निर्वाचनअघि पाकिस्तानमा तत्कालका लागि कामचलाउ सरकार गठन हुनसक्छ ।

पाकिस्तानमा लगातार चलिरहेको राजनीतिक आन्दोलनलाई लिएर आम पाकिस्तानीले के भनिरहेका छन् र सामाजिक सञ्जालमा के प्रतिक्रिया छन् ? पाकिस्तानको सोशल मिडियामा प्रतिक्रियाहरू पनि समर्थक र आलोचकहरू बीच विभाजित छन्। इमरान खानका समर्थकहरुले खुसी व्यक्त गरेका छन् । विपक्षीहरुले आलोचना गरिरहेका छन् ।

दुई दिनअघि देशका नाममा सम्बोधन गर्दै इमरान खानले अन्तिम बलसम्म खेल्ने कुरा गरेका थिए । त्यसपछि एक्कासी संसद विघटनको चर्चा चलिरहँदा नाइला इनायतले ट्वीटरमा लेखिन् ‘अन्तिम बलमा बल लिएर भाग्छु ।’ इमरान खानकी पूर्वपत्नी रेहम खानले ट्विट गर्दै भनेकी छन्, ‘नयाँ चुनाव गराउने कुरा गरेर असंवैधानिक कदमलाई जायज मान्न सकिँदैन । इमरानले चुनाव गराउने निर्णय गर्न सक्दैनन्, किनभने उनीसँग त्यसो गर्ने संवैधानिक अधिकार छैन। हरेक नियम तोड्नेलाई सजाय दिएर उदाहरण बसाउनुपर्छ ।’

रेहम खानले विगतमा धेरै पटक इमरान खानको आलोचना गरिरहेकी छिन् । रेहमले ट्वीट गर्दै भनिन्, ‘संविधानको सम्मान छैन । न त आन्तरिक र बाह्य खतराको कुनै चिन्ता छ । अब तपाइँहरूले थाहा पाउनु पर्छ किन म यो मान्छे संग बस्न सकिन।’ रेहमले अगाडि लेखेकी छन्, ‘आज खुसी मनाउनेहरूले आफ्नो मूर्ख सोचको प्रमाण दिइरहेका छन् । पतीत मान्छेलाई चिन्नुहोस्।’

पाकिस्तानी क्रिकेटर मोहम्मद हफिजले ट्वीट गर्दै भने, ‘पाकिस्तान जिन्दाबाद। इमरान खान तपाई सधैं लिजेण्ड हुनुहुनेछ।’ पूर्व पाकिस्तानी क्रिकेटर वासिम अक्रमले इमरान खानको मुस्कुराउदै गरेको तस्बिर ट्वीट गर्दै ‘द गेम चेन्जर’ लेखेका छन् । पाकिस्तानमा अचानक ठूलो फेरबदल भएपछि यो तस्विर इमरान खानको सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गरिएको हो ।

प्रख्यात पाकिस्तानी पत्रकार हमिद मिरले ट्वीट गरे, “सर्वोच्च अदालतले आइतवार भनेको छ कि इमरान खान वा राष्ट्रपतिको तर्फबाट जारी गरिएको आदेश अदालतको निर्णयमा निर्भर हुनेछ। तर राष्ट्रपति आफैंले इमरानलाई कार्यवाहक प्रधानमन्त्री चयन नभएसम्म प्रधानमन्त्रीको रूपमा रहन आग्रह गरिरहेका छन्। के यो अदालतको अवहेलना हो ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *