एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजको अध्यक्षमा युवराज बराल निर्वाचित – Dcnepal

एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजको अध्यक्षमा युवराज बराल निर्वाचित

नयाँ दिल्ली। भारतमा छरिएर रहेका नेपाली तथा गोर्खाली समुदायका ब्यबसायीहरुको छाता संगठन एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजको पाँचौ आसन्न अधिवेशनले अध्यक्षमा युवराज बराललाइ निर्वाचित गरेकाे छ। नयाँ दिल्लीस्थित एनसीआर क्षेत्र नोएडामा आइतबार सम्पन्न अधिवेशनले बराललाइ अध्यक्षमा निर्वाचित गरेकाे हाे।

चौथों कार्यकालका अध्यक्ष युबराज बराल र महासचिव डा मोहन कार्की पुन पाचौं कार्यकालको लागि सोही पदमा सर्वसम्मत चयन भएका छन्। अधिवेशनमा प्रोफेसर डा युबराज पोख्रेलको नेतृत्वमा वरिष्ठ पत्रकार आकाक्षा शाह, सामाजिक व्यक्तित्वहरु ठाकुर खनाल, आरबी खड्का, रघुनाथ पाण्डे र वेद प्रकाश शर्माले निर्वाचनको कार्य समालेका थिए।

कार्यक्रममा उद्योग ब्यबसायी अरुण सुवेदीले प्रमुख अथितिको रुपमा सम्बोधन गरेका थिए। “राजनैतिक प्रदुषणका कारणले नेपालको ब्यबसाय धरासायी भएको हो, कांग्रेस र कम्युनिस्टको चिया पसलमा चियाको स्वाद फरक हुदैन” उनले भने। व्यापार गर्नु भनेको नाफा कमाउनु हो त्यसैले ब्यबसायमा राजनीतिकरण गर्नु नहुने उनको भनाइ थियो।

अधिवेशनमा नेपाल उद्योग बाणिज्य महासंघका स्वास्थ्य तथा शिप समिति अध्यक्ष हेमराज ढकाल, सडक याताया एवं परिवहन समिति अध्यक्ष प्रकाश सिंह कार्की, नेपाली राष्ट्रिय व्यापार संगठनका महासचिव रामजी बराल, निर्वाणा लक्जरीका अध्यक्ष सुनिल जंग रायमाझी, ग्लोबल कन्सल्टेन्सिका निर्देशक महेश जोशी तथा राज लक्ष्मी जोशी, अपेक्स ग्लोबलका अध्यक्ष दुर्गा सुबेदी लगाएतका उद्योग ब्यबसयीहरुको उपस्थिति थियो।

“नेपाल भारत बीचको ब्यबसायिक माध्यमलाइ प्रभावकारीरुपमा अगाडि बढाउनु र दुई देश बिचको व्यवसायिक मित्रता कायम राख्नु नै हाम्रो मुख्य उदेश्य हो” चेम्बर्स अध्यक्ष युबराज बरालले भने। त्यस्तै चेम्बर्सका संस्थापक अध्यक्ष चिरन्जीवी मरासिनीले आफूहरुले स्थापना गर्दा सोचेको भन्दा फोरम धेरै माथि पुगेको बताए।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित नेपाली राजदूतावासमा नयाँ दिल्लीका शिक्षा तथा कल्चरल बिभाग काउन्सलर यदुनाथ पौड्यालले अवका सन्ततिहरु नोकरी नभएर ब्यापारमा लाग्नु पर्ने बताए।

अध्यक्ष युबराज बरालको नेतृत्वमा पाचौ कार्यकालका लागि चयन गरिएको मूल समिति तथा बिभागीय समिति र पदाधिकारीको विवरण:

उपाध्यक्षमा देवेन्द्र कुंवर,  बिराट श्रेष्ठ र डोलराज भण्डारी निर्वाचित भएका छन्।  त्यस्तै महाचिवमा पुर्व सहासचिव डा मोहन कार्की पुन सर्वसम्मत चएन भए। उपमहासचिवमा गोविन्द पोख्रेल,  एलपी पाण्डे, कोषाध्यक्षमा सीए सुमन आत्रेय र सहकोषाध्यक्षमा विष्णु केसी निर्वाचित भएए।

गार्मेन्ट ब्यबसाय समिति अध्यक्ष राम बहादुर नेपाल,  इन्टेरिएर डेकोरटोर समिति अध्यक्ष जनकराज शर्मा,  बैंकिङ एवं वित्तीय ब्यबसाय समिति अध्यक्ष सुनिल मिश्र, आयात निर्यात ब्यबसाय समिति अध्यक्ष महेश बराल, एफएमसीजी ब्यबसाय समिति अध्यक्ष मनन शाह, स्वास्थ्य एम फर्मा ब्यबसाय समिति अध्यक्ष राज शर्मा, होटेल तथा गेस्टहाउस ब्यबसाय समिति इन्चार्ज विष्णु सेसी र अध्यक्ष दिपक जिसी, रेस्टोरेन्ट तथा क्याटेरिङ ब्यबसाय समिति अध्यक्ष बिष्णु शर्मा न्यौपाने,  कोरिएअर कार्गो एवं लाजिस्टिक ब्यबसाय समिति अध्यक्ष दुर्गाप्रसाद सुबेदी, फोटोग्राफी एव भिडियोग्राफी ब्यबसाय समिति अध्यक्ष कृष्ण शर्मा, कानुन एव परामर्श ब्यबसाय समिति अध्यक्ष नन्दा शर्मा, पार्लर ब्युटी एव कस्मेटिक ब्यबसाय समिति अध्यक्ष मिलन शर्मा र ट्राभल्स एव टुरिजम ब्यबसाय समिति अध्यक्ष शोभाखर पन्थी रहेका छन्।

महासचिव डा मोहन कार्कीको संचालन र अन्जु थापाको सह संचालन नोएडा स्थित महारणा प्रताप अडिटोरिएममा सम्पन्न कार्यक्रम भारतमा रहेका नेपाली राजनीतिक पार्टीका जनवर्गीय संगठनका नेत्रत्वहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्दिजिवि, विद्यार्थी, लगायतको उपस्तिथी रहेको थियो।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो