‘अब दौडिन्छ अर्घाखाँची’को तयारी पुरा

डिसी नेपाल
२२ चैत २०७८ २०:२८

 

अर्घाखाँची । अर्घाखाँचीमै पहिलोपटक हुन लागेको प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

स्पोर्टस भ्वाइसको आयोजनामा भोलि भूमिकास्थान नगरपालिकाको पोखेडाँडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको भ्वाइसका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए ।

‘अब दौडिन्छ अर्घाखाँची’ नाराका साथ सञ्चालन हुने कार्यक्रमको तयारीको विषयमा जानकारी दिन सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा थापाले २३ गते भूमिकास्थान र २५ गते सन्धिखर्कमा कार्यक्रम हुने जानकारी दिए ।

कार्यक्रम अन्तरगत भोलि १० बजे जनताको वाकाथुन र ११ बजे नगरप्रमुख रेसम थापाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा एथलेटिक्स प्रशिक्षक कान्ति महतोले एथलेटिक्सको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

विभिन्न इभेन्टमा हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेहरूले ७ हजार र तृतीय हुनेले पाँच हजार प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *