बानाको चुनावमा जे देखियो, अध्यक्ष पदमा पन्त बिजयी

डिसी नेपाल
२२ चैत २०७८ २३:२४

अमेरिका । बानाको अध्यक्ष पदमा पुनः सुबोध पन्त विलास बिजयी भएका छन् । पहिलो कार्यकालमा निर्विरोध अध्यक्ष भएका पन्त दोस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष हिरा गुरूङसंग प्रतिस्पर्धा परेको हो । उपाध्यक्ष र सचिवमा क्रमश: भिम केसी र हिरा खत्री निर्विरोध भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा हिरा समूहकी लक्ष्मी भारती, महासचिवमा सागर घिमिरे (सुबोध समूह) कोषाध्यक्षमा पार्वती सिङ (सुबोध समूह) विजयी भएका छन् ।

यसैगरी बोर्ड अफ डाइरेक्टरहरूमा यमुना घिमिरे, बसन्त बस्नेत, भुपेन्द्र गुरुङ ,इशा गुरुङ,खिम बहादुर मश्रांगी ,सन्तोष घिमिरे ,सरु बिश्वकर्मा,र श्याम कृष्ण कोइराला विजयी भएका छन् । अधिकांश सुबोध समूहका हुन् ।

बानाको यो अधिवेशनमा बाल्टिमोरको नेपाली समुदाय पुर्णरूपमा दुई कित्तामा बिभाजित भएको छ । सुबोध पन्तलाई प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, ट्रष्टी सदस्य देव शर्मा र संस्थापन पक्षको साथ थियो भने हिरा गुरूङलाई नेपाली मूलका राज्य सभाषद ह्यारी भण्डारी, बाना ट्रष्टीका उपाध्यक्ष राजन कट्टेल र निवर्तमान अध्यक्ष अनुशुया वन्तको साथ थियो । दुबै समूहका उम्मेद्वार र समर्थकहरुले प्रचार सामग्री व्यापकरुपमा वितरण गरेका थिए ।

(राज्य सभासद् ह्रयारी भण्डारी र पूर्व अध्यक्ष अनुशुया वन्तले अाफूहरू कुनै पनि पक्षकाे प्रचारमा नलागेकाे प्रतिक्रिया दिएका छन् )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *