शारीरिक सम्बन्धका क्रममा पार्टनरलाई छुरा प्रहार ! जनरल सुलेमानीको बदला

डिसी नेपाल
२३ चैत २०७८ १३:४९

काठमाडौं । एउटी इरानी महिलाले इरानी जनरल कासिम सुलेमानीको हत्याको बदला लिन एक व्यक्तिसँग डेटिङको नाटक गरिन्। पुरुषसँग शारीरिक सम्बन्ध राख्ने क्रममा उनले ती पुरुषको घाँटीमा २ पटक छुरा प्रहार गरिन् । घटना अमेरिकाको लस भेगासको हो । महिलाको नाम निका निकोबिन हो। कासिम सुलेमानी सन् २०२० मा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए ।

लस भेगास रिभ्यु-जर्नलका अनुसार हेन्डरसन प्रहरी विभागले २१ वर्षीया निका निकोबिनलाई पक्राउ गरेको छ। उनले डेटिङ साइट ‘प्लेन्टी अफ फिश’ मा एक पुरुषलाई फसाएको आरोप छ । अनि उनले केवल यत्ति उद्देश्यको लागि उनीसँग शारीरिक सम्बन्ध राखिन् ताकि उनलाई चक्कुले आक्रमण गर्न सकियोस्।

घटनाअघि निका र उनको साथीले होटलमा कोठा बुक गरे। दुवै कोठामा पुगे । त्यसपछि महिलाले बत्ती निभाइदिइन् । र, दुवैले शारीरिक सम्बन्ध बनाउन थाले । यसैबीच निकाले आफ्नो पार्टनरको आँखामा पट्टी बाँधिदिइन् अनि पर्सबाट चक्कु निकालिन् । महिलाले आफ्नो पार्टनरको घाँटीमा दुई पटक छुरी प्रहार गरिन् ।

घटनाका सम्बन्धमा पीडितले घाँटीमा दुखेको महसुस गरेको प्रहरीलाई बताए । त्यसपछि उनले निकालाई धक्का दिए । अनि कोठाबाट बाहिर भागेर प्रहरीलाई बोलाए ।

प्रहरीका अनुसार निकाले पनि कोठाबाट भागेर होटलका कर्मचारीलाई आफूले एक व्यक्तिलाई छुरा प्रहार गरेको बताएकी थिइन् । पछि ती महिलाले बदला लिन आफूले पुरुषलाई छुरा प्रहार गरेको प्रहरीलाई बताइन् । ती महिलाले आफूले ती पुरूषलाई मार्न नचाहेको बताइन् ।

प्रहरी रिपोर्टका अनुसार निका कासिम सुलेमानीको हत्याको बदला लिन चाहन्थिन्, जसलाई सन् २०२० मा अमेरिकी सैनिकले मारेका थिए । प्रहरी रिपोर्टका अनुसार इरानमा कासिम सुलेमानीको हत्यामा अन्याय भएको निकाको विश्वास छ ।

निकाको फेसबुक पेजका अनुसार उनी लस भेगासकी बासिन्दा हुन् । पहिले उनी साइकल बारमा फ्रन्ट डेस्क एसोसिएटको रूपमा काम गर्थिन्। निकामाथि ज्यान मार्ने प्रयास, कुटपिट र चोरीको अभियोग लगाइएको छ । उनी ६० हजार डलर धरौटीमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *