घरेलु मैदानमा चेल्सी पराजित, बेन्जेमाको ह्याट्रिक

डिसी नेपाल
२४ चैत २०७८ ७:०७
48
Shares

काठमाडौं। युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा चेल्सी घरेलु मैदानमा रियल मड्रिडसंगै ३-१ अन्तरले पराजित भएको छ।

भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे। इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे।
बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। चेल्सीका काइले खेलको ४०औं मिनेटमा सान्त्वना गोल गरे।

जितपछि रियलले सेमिफाइनल सम्भावना बढाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदानमा १३ अप्रिलमा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *