अमेरिकाले प्रतिबन्ध लगाएका पुटिनका छोरीहरू को हुन्?

डिसी नेपाल
२४ चैत २०७८ १०:२०
276
Shares

किभ। युक्रेनमाथि आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरी मारिया भोरोन्तोभा र कातेरिना तिखोनोभामाथि प्रतिबन्ध लगाएको छ।

पुटिनकी छोरीबाहेक अमेरिकाले प्रधानमन्त्री मिखाइल मिसुस्तिन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभकी श्रीमती तथा छोराछोरी र पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेवलगायत रुसको सुरक्षा परिषद्का सदस्यलाई पनि निशाना बनाएको छ।

अमेरिकाले रुसी वित्तीय संस्थाहरुमाथि पनि उत्तिकै कडाइ गरेको छ। प्रतिबन्धसँगै पुटिनका परिवारका सबै नजिकका सदस्यहरू अमेरिकी वित्तीय प्रणालीबाट अलग हुनेछन्। अमेरिकामा रहेको उनीहरूको सम्पत्ति रोक्का हुनेछ।

रुसी राष्ट्रपतिका छोरीहरु ३७ वर्षीया मारिया भोरोन्तोभा र ३५ वर्षीया कतरिना तिखोनोभा पूर्वपत्नी ल्युडमिला पुटिनातर्फ जन्मिएका हुन्। त्यसो त पुटिनका छोरीहरूबारे थोरै मात्र जानाकारी सार्वजनिक हुने गरेको छ। उनीहरूको विवरण प्रायः गोप्य राखिन्छ।

मारियाको जन्म सन् १९८५ मा सेन्ट पिटर्सबर्गमा भएको हो। अर्को वर्ष, कतरिनाको जन्म भएको थियो। कतरिनाको जन्मको समयमा पुटिको परिवार जर्मनीमा थियो । त्यतिबेल पुटिन रूसको गुप्तचर सेवा केजीबीमा विदेशी गुप्तचर अधिकारीकोरूपमा कार्यरत थिए। पुटिनको पुटिनासँग सन् २०१३ मा सम्बन्ध विच्छेद भएको थियो।

मारियाले सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातक र २०११ मा मस्को स्टेट युनिभर्सिटीबाट जीवविज्ञानमा स्नातकोत्तर गरेकी थिइन्। रिपोर्टअनुसार उनी बाल चिकित्सक हुन्। मारिया र उनको डच व्यापारी श्रीमान जोरिट फासेनबीच गत महिना सम्बन्ध विच्छेद भएको बताइन्छ।

अर्कोतर्फ कतरिना मस्को स्टेट युनिभर्सिटीको इन्स्टिच्युट फर म्याथेमेटिकल रिसर्च अन कम्प्लेक्स सिस्टम्सकी उपनिर्देशक हुन्। उनी विगतमा एक्रोबेटिक डान्सर पनि थिइन्। उनको व्यक्तिगत जीवन धेरै हदसम्म गोप्य छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *