युक्रेनको किभ र चेर्निहाइभबाट रूसी सेना पूर्ण रुपमा फिर्ता

डिसी नेपाल
२४ चैत २०७८ १०:५६
52
Shares

काठमाडौं । अमेरिकी रक्षा विभागका अधिकारीहरूले अब युक्रेनको राजधानी किभ र चेर्निहाइभ सहरबाट रुसी सेना पूर्ण रूपमा फिर्ता भइसकेको बताएका छन् ।

बुधबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा पेन्टागनका अधिकारी जोन किर्बीले भने, “रूसी सेनाहरू कीभ र चेर्निहाइभबाट पूर्ण रूपमा फिर्ता भइसकेका छन्।”

“हामीले किभ र चेर्निहाइभमा रूसी सेना देख्दैनौं,” उनले भने।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न पूर्ण रुपमा असफल भएको पनि बताए । किर्बीले भने, “उनीहरूले सानो जनसंख्या भएका क्षेत्रहरू मात्र नियन्त्रण गरिरहेका छन्। खार्किभ पनि उनीहरूको नियन्त्रणमा गएन।”

अमेरिकाको यो भनाइ यस्तो बेला आएको हो जब रुसले केही दिन अघि युक्रेनको पूर्वी भागको डोनबास क्षेत्रमा आफ्नो प्रयास बढाउने घोषणा गरेको थियो ।

पेन्टागनका एक वरिष्ठ अधिकारीले नाम नछाप्ने सर्तमा रुसी सेना भविष्यमा फेरि किभतर्फ जान सक्ने बताए । यद्यपी उनले सेना फर्कने वा नआउने भन्ने पनि अहिले नै स्पष्ट नभएको बताए । युक्रेनमा पठाइएको रुसी सेनाको १३० बटालियनमध्ये ८० जना अझै पनि देशमा रहेको अधिकारीले बताए ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसले अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै हालसम्म रुसले युक्रेनबाट आफ्ना २४ हजार सैनिक फिर्ता गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *