३० वर्षकी महिलाको २१ वर्षको छोरा !

डिसी नेपाल
२४ चैत २०७८ १२:१३

काठमाडौं । ३० वर्षीया महिलाले आफ्ना तीन छोरा रहेको र जेठो छोरा २१ वर्षको भएको बताइन् । उनका अन्य दुई छोरा १७ र १८ वर्षका छन् । महिलाको नाम केसी डगलस हो। डगलसले भर्खरै सामाजिक सञ्जालमा आफ्नो परिवारको बारेमा खुलासा गर्दै भनिन् कि उनी कहिल्यै बच्चा जन्माउन चाहँदैनथिन्।

आफ्ना तीन किशोर छोराको तस्बिर देखाउँदै केसी डगलसले आफू २५ वर्षको हुँदा आफ्नो पहिलो छोरालाई धर्मपुत्र ग्रहण गरेको बताइन्। त्यतिबेला धर्मपुत्रको उमेर १७ वर्षको थियो । अहिले डगलस 30 वर्षकी छिन्, उनको धर्मपुत्र रेन्डल २१ वर्षका भए।

‘द सन’का अनुसार यसपछि केसी डगलस र उनका पति फिलिपले थप दुई जना छोरालाई धर्मपुत्र लिएका छन् । डेमोन १७ वर्ष र टिम १८ वर्षका छन् । फिलिपको अघिल्लो सम्बन्धबाट दम्पतीका दुई छोरीहरू पनि छन्। दम्पती अब एउटी छोरीलाई पनि धर्मपुत्री लिन चाहन्छन् । यद्यपि, किशोर बच्चाहरूलाई धर्मपुत्र बनाएकोमा दम्पतीले आलोचनाको सामना पनि गरे। तर दम्पतीले भने आफ्नो परिवार खुसी रहेको बताएका छन् ।

रेन्डललाई धर्मपुत्र लिँदाको कथा सुनाउँदै डगलसले भनिन् कि उनलाई जन्मपछि परित्याग गरिएको थियो। उनको जन्मदर्ता पनि थिएन । उनलाई हजुरआमाले हुर्काएकी थिइन् । रेन्डल कपडाले भरिएका दुई झोला लिएर डगलसकहाँ आएका थिए । लुगा फाटेका, फोहोर र साना थिए ।

अहिले डगलस ३० वर्षकी छिन् र उनको धर्मपुत्र रेन्डल २१ वर्षका छन् । डगलसले टिम (१८) र डेमन (१७) नामका दुई अन्य किशोरहरूलाई धर्मपुत्र बनाएका छन्। डगलसको कथा थाहा पाएपछि प्रयोगकर्ताहरूले विभिन्न तरिकामा टिप्पणी गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *