अमेरिकाको टेक्सासमा पशुपतिनाथको मन्दिर बन्ने

डिसी नेपाल
२४ चैत २०७८ २०:०१

टेक्सास । अमेरिकाको टेक्सासमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको छ ।

नेपालीहरुको उल्लेख्य बसोबास रहेको टेक्सास राज्यको हटोमा ग्रेटर अस्टिन नेपाली सोसाईटीको अगुवाईमा पशुपतिनाथको मन्दिर निर्माण गरिने भएको हो ।

आगामी अप्रिल १० तारिखमा राम नवमीका दिन नेपाली नयाँ बर्षको समेत अवसर पारेर पशुपतिनाथ मन्दिरको शिलान्याश तथा ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा आध्यात्मिक केन्द्रको उद्घाटन कार्यक्रम हुने भएको छ । कार्यक्रममा टेक्सास हाउस रेप्रिजेन्टेट्भ टेरी मेजा, हटो तथा छिमेकी नगरका मेयरहरु, डालस, ह्युस्टन, सान आन्टोनियो लगायतका ठाऊँहरुबाट अतिथिहरुको उपस्थिति रहने र सोहि दिन ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा अध्यात्मिक केन्द्रको पनि उद्घाटन गरिने छ ।

अप्रिल १० गते बिहान ८ बजे बिशेष पूजाआजा तथा दिउसो २ बजे औपचारिक कार्यक्रमको आयोजना गरिने भएकाले कार्यक्रममा सहभागिताको लागि 1251 Co Rd 138, Hutto Texas 78634 मा सबै नेपालीहरुमा निमन्त्रणा समेत गरेको छ ।

टेक्सासको राजधानी अस्टिन वरपर रहेका नेपालीहरुमा एकता तथा भाइचाराको सम्बन्ध बिकास गर्ने उद्देश्यले सन २०१३ मा ग्रेटर अस्टिन नेपाली सोसाईटीको स्थापना गरिएको थियो । केन्द्रको हाल आफ्नै नाममा जग्गा तथा भवन रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *