ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली टर्कीबाट पक्राउ

डिसी नेपाल
२५ चैत २०७८ १८:१०

काठमाडौं । अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू ग्रिस भाग्ने तयारीमा थिए ।

पक्राउ परेका उनीहरूलाई निष्कासन केन्द्रमा पठाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *