दिनदहाडै सिंगै पुल चोरी ! डोजर लगाएर उखेलियो विशाल फलामको पुल

डिसी नेपाल
२६ चैत २०७८ १४:१७
4.8k
Shares

काठमाडौं । बिहारको रोहतास जिल्लाको सासाराममा दिगदहाडै फलामको पुल चोरी भएको घटना सार्वजनिक भएको छ । चोरहरू सिँचाइ विभागको कर्मचारी भनेर गाउँमा आएका थिए । उनीहरूले जेसीबीले पुल उखेलेका थिए । त्यसपछि यसलाई ग्यास कटरले काटेर ट्रकमा फलाम लोड गरेर आरामसँग हिँडे । त्यतिबेला विभागलाई पनि यो पूरै घटनाबारे जानकारी थिएन। चोरी भएको तीन दिनपछि विभागले अज्ञात चोरविरुद्ध मुद्दा दर्ता गरेको छ ।

जिल्लाको नसरीगञ्ज ब्लकको अमियावरमा रहेको आरा मुख्य नहरमा ४७ वर्ष पहिले पुल निर्माण गरिएको हो । पुल १०० फिट लामो र १० फिट चौडा थियो। पुलमा ५ सय टन फलाम रहेको बताइएको छ । चोरहरूले पुल भाँच्दा गाउँले प्रश्न गरेका थिए । चोरहरूले आफू सिँचाइ विभागका कर्मचारी भएको भन्दै पुल जीर्ण भएकोले भत्काइएको बताए ।

चोरहरुले पहिले जेसीबीले पुल तोडेको गाउँलेहरुले बताएका छन् । त्यसपछि कटरले काटेर ट्रकमा हालेर भागे । यसपछि गाउँलेहरूले सिँचाइ विभागसँग कुरा गरेपछि यो कुरा बाहिर आएको हो । सूचना पाएलगत्तै सिँचाइ विभागका अधिकारीहरू घटनास्थलमा पुगेर यस विषयमा एफआइआर दर्ता गरेका थिए।

ग्रामीण जितेन्द्र सिंहले यसअघि नहरमा पुल नभएको बताए । मानिसहरु डुङ्गा चढेर जाने गर्थे । सन् १९६६ मा यात्रुले भरिएको डुङ्गा नहरको गहिरो पानीमा डुबेको थियो । दुर्घटनामा करिब १२ जनाको ज्यान गएको थियो । त्यसपछि सन् १९७२ देखि १९७५ को बीचमा पुल निर्माण भएको थियो ।

यो पुल आंशिक क्षति भएपछि अर्को पुल निर्माण गरियो । पुरानो फलामको पुल अब प्रयोगमा थिएन। यसै कारणले पनि विभागले हटाउन खोजेको जनताले सोचेका छन् । यस विषयमा, नसरीगञ्ज पुलिस स्टेशनले सिँचाइ विभागका जुनियर इन्जिनियरले अज्ञात चोरहरू विरुद्ध एफआईआर दर्ता गरेको बताएको छ। यस विषयमा अनुसन्धान भइरहेको छ । अहिलेसम्म चोर पक्राउ परेका छैनन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *