श्रीलंकामा राष्ट्रपतिलाई महाभियोग, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव !

डिसी नेपाल
२६ चैत २०७८ १४:२७
1.7k
Shares

काठमाडौं । श्रीलंकामा आर्थिक मन्दीको बीचमा राजनीतिक उथलपुथल रोकिने छाँटकाँट छैन । श्रीलंकाको सबैभन्दा ठूलो विपक्षी दल समगी जना बालवेगयाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएको छ । योसँगै राष्ट्रपति गोटाबाया राजापाक्षेमाथि पनि महाभियोग लगाउने तयारी गरिएको छ ।

अर्कोतर्फ श्रीलंकाको केन्द्रीय बैंकले शुक्रबार आफ्नो ब्याजदर दोब्बर गरेको छ । आर्थिक संकटका कारण मुलुकमा महंगी रेकर्ड स्तरमा पुगेको छ । देशसँग आयातको पैसा तिर्नको लागि थोरै पैसा बाँकी छ। विपक्षी दलका नेता सजित प्रेमदासाले कार्यकारी अध्यक्षको पद खारेज गर्न माग गर्दै सम्पूर्ण राजापाक्षे परिवारको राजीनामा माग गरेका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेको विरोधमा राजधानी कोलम्बोमा ठूलो सङ्ख्यामा मानिसहरूले र्‍याली निकालेका थिए। इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार श्रीलंकामा चामल, चिनी र दाल जस्ता वस्तुको लागि ३ गुणा मूल्य तिर्नुपर्ने हुन्छ ।

यसैबीच अली साबरीले श्रीलंकाको अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन् । यसअघि उनले नियुक्ति भएको २४ घण्टाभित्रै पद छाडेका थिए । उनीपछि यो पदका लागि अरु कोही नआएपछि उनले अर्थमन्त्री नै रहने निर्णय गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *