‘युक्रेन मात्र होइन पूरै युरोप रूसको निशानामा छ’

डिसी नेपाल
२७ चैत २०७८ १०:५६

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार राति आफ्नो सम्बोधनमा भने – रुसको आक्रामकता युक्रेनमा मात्र सीमित छैन, तर सम्पूर्ण युरोप यसको निशानामा छ।

साथमा जेलेन्स्कीले पश्चिमी देशहरूलाई रूसको ऊर्जा उत्पादनहरूमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन र युक्रेनलाई थप हतियारहरू आपूर्ति गर्न आह्वान गरे।

उनले भने – रुसको बल प्रयोग एक विपत्ति हो जसले अन्ततः सबैलाई असर गर्नेछ। युक्रेनको पूर्वी भागमा रुसी सेनाको परिचालनबारे जेलेन्स्कीले युक्रेन सबैभन्दा कठिन युद्धका लागि तयार रहेको बताए ।

उनले भने, “यो कठिन लडाई हुनेछ। हामी आफ्नो जितमा विश्वस्त छौं। हामी कूटनीतिक माध्यमबाट यो युद्ध लड्न र रोक्न पनि तयार छौं।”

अर्कोतर्फ, युक्रेनका प्रमुख वार्ताकार मिखाइलो पोडोल्याकले पूर्वी तर्फको युद्धमा रुस पराजित नभएसम्म राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट नगर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *