पति-पत्नी र अर्की महिलाबीच थियो सम्बन्ध, चौथो व्यक्ति पनि छिरेपछि…

डिसी नेपाल
२७ चैत २०७८ १२:२६

काठमाडौं । श्रीमान्–श्रीमती र एक महिलाबीच प्रेम सम्बन्ध चलिरहेको थियो । तीनैजना सँगै सम्बन्धमा थिए । तर एक दिन श्रीमान श्रीमतीले महिलासँगको सम्बन्ध तोड्ने घोषणा गरेपछि महिला आक्रोशित भइन् । महिला तरवार लिएर श्रीमान्–श्रीमतीको घरमा पुगिन् । सम्पूर्ण घटना घरको क्यामेरामा कैद भएको थियो । भिडियोमा महिलाले तरवार प्रहार गर्ने प्रयास गरेको देखिन्छ ।

वास्तवमा यो घटना थाइल्याण्डको हो । जहाँ ४० वर्षीय औम, ३५ वर्षका एयर र उनकी श्रीमती ३८ वर्षकी नोट सम्बन्धमा थिए । तर गत वर्ष औमले आफ्ना एक प्रेमीलाई पनि यो सम्बन्धमा समावेश गर्न आग्रह गरेकी थिइन् । जसलाई दम्पतीले अस्वीकार गरे र औमलाई पनि आफ्नो सम्बन्धबाट अलग गरिदिए ।

‘डेली मेल’ को रिपोर्टका अनुसार श्रीमान् श्रीमती (एयर र नोट)ले ४० वर्षीया औमले आफूहरूमाथि लगातार दुर्व्यवहार गरेको दाबी गरेका छन् । तर दम्पतीले त्यसो नगर्न भनिरहेका थिए। यसबाट आक्रोशित औम गत साता उनीहरूको घरमा तरवार लिएर आक्रमण गर्न पुगिन्, जसको भिडियो पनि सार्वजनिक भएको छ ।

भिडियोमा उनी रिसमा ठुलो तरवारले बारम्बार आक्रमण गर्ने प्रयास गरिरहेकी छिन् । तर, सौभाग्यवश, दम्पतीले ढोका पछाडि लुकेर आफूलाई बचाए र ठूलो दुर्घटना हुनबाट जोगियो। पहिले बदनामीको डरले महिलाको यस्तो हर्कतलाई बेवास्ता गरेको भए पनि अब प्रहरीमा उजुरी गर्ने दम्पतीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *