अवतरणको क्रममा विमान दुर्घटनाग्रस्त, बीचबाट दुई टुक्रा भयो

डिसी नेपाल
२७ चैत २०७८ १४:१८

काठमाडौं। कोस्टारिकाको एक विमानस्थलमा एउटा कार्गो विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएर बीचबाट २ टुक्रा भएको छ । बिहीबार बिहान ग्वाटेमालाको लागि उडेलगत्तै विमानको हाइड्रोलिक फेलियर भएपछि आकस्मिक अवतरण गर्नुपरेको थियो । बोइङ ७५७–२०० मोडलको विमान जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

विमान अवतरणको क्रममा जमिनमा छोइएसँगै रनवेमा घिसारिएर बीचमाट दुई टुक्रा भएको थियो । विमान बीचबाट टुक्रिएर अगाडि र पछाडिको भाग अलग भएको छ र एउटा पखेटा पनि भाँचिएको छ । एयरलाइन्स कम्पनी डिएचएलले यो दुर्घटनामा चालक दल भने सुरक्षित रहेको बताएको छ । यो विमान कार्गो भएकोले यसमा यात्रुहरु भने थिएनन् ।

यो दुर्घटनाले अत्यन्तै व्यस्त विमानस्थलमा करिब साढे ८ हजार यात्रु र ५७ व्यवसायिक उडान प्रभावित भएको बताइएको छ । बिहान १० बजे दुर्घटना भएकोमा विमानको अवशेषहरु हटाउन कैयौं घण्टा लागेको थियो । अपरान्ह करिब साढे ३ बजे दुर्घटनाग्रस्त विमानका अवशेष हटाएपछि विमानस्थल सुचारु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *