पाकिस्तानको प्रधानमन्त्री बन्न २ नेताको प्रतिस्पर्धा, भोलि हुनेछ छिनोफानो

डिसी नेपाल
२७ चैत २०७८ १६:०२

काठमाडौं । पाकिस्तानको प्रधानमन्त्री पदको दौडमा शाहबाज शरीफ र शाह महमूद कुरैशी आमनेसामने छन् । संयुक्त विपक्षीले शाहबाज शरीफलाई उम्मेदवार बनाएको छ भने पाकिस्तान तहरीक-ए-इन्साफले शाह महमूद कुरैशीलाई उम्मेदवार बनाएको छ।

पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । यसअघि पाकिस्तानी संसदमा अविश्वासको प्रस्तावमा इमरान खानको पार्टी पराजित भएको थियो । इमरानको विपक्षमा १७४ मत परेका थिए ।

पाकिस्तानको सर्वोच्च अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको निर्णयलाई खारेज गरेको छ । त्यसपछि सर्वोच्च अदालतले नेशनल एसेम्बलीमा अविश्वासको प्रस्तावमाथि मतदान गर्न भनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *