इमरान खान गएपछि पाकिस्तानको शेयर बजारमा भारी वृद्धि

डिसी नेपाल
२८ चैत २०७८ १४:००

काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव सफल भएपछि कारोबारको पहिलो दिन पाकिस्तान स्टक एक्सचेन्जमा उछाल आएको छ ।

केएसई (कराची स्टक एक्सचेन्ज) १०० परिसूचक हालसम्म १४०० अंकले बढेको छ भने लगानीकर्ताले किनबेच गर्ने प्रवृत्ति देखिएको छ ।

धितोपत्र दलालका अनुसार मुलुकको पछिल्लो राजनीतिक अवस्थाले सेयर बजारमा सकारात्मक मोड लिएको छ ।

योसँगै डलरको तुलनामा रुपैयाँ पनि बलियो बन्दै गएको छ र कारोबारको सुरुमै डलरको भाउ १.८३ रुपैयाँले घटेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *