पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ पाकिस्तान फर्किने

डिसी नेपाल
२८ चैत २०७८ १४:०५

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अर्को महिना इदपछि लण्डनबाट फर्कन सक्नेछन् । इमरान खानको सरकार पतन भएपछि पाकिस्तानमा चलिरहेको राजनीतिक हलचलको बीचमा नवाज शरीफको पार्टी पीएमएल-एनका एक नेताले यो जानकारी दिएका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार मियाँ जावेद लतिफले भने कि पीएमएल-एन प्रमुख र तीन पटक प्रधानमन्त्री नवाज शरीफको फिर्ताको बारेमा गठबन्धन साझेदारहरूसँग छलफल गरिनेछ।

ईद मे महिनाको पहिलो हप्तामा हुनेछ । इमरान खानको सरकारले पीएमएल-एनका अध्यक्ष नवाज शरीफविरुद्ध भ्रष्टाचारका धेरै मुद्दा दायर गरेको थियो। नवाज शरीफलाई पनामा पेपर्ससँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले जुलाई २०१७ मा प्रधानमन्त्री पदबाट हटाएको थियो।

यसपछि नोभेम्बर २०१९ मा लाहोर उच्च अदालतबाट उपचारका लागि विदेश जाने अनुमति पाएपछि नवाज सरिफ लन्डन गएका थिए ।

देशको राजनीतिक अस्थिरताका बीचमा लतिफले वर्तमान गठबन्धन सरकार ६ महिनाभन्दा बढी टिक्न नसक्ने बताउँदै चुनौतिको सामना गर्न निर्वाचन नै एक मात्र उपाय भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *