रिलिज हुनुअघि नै केजीएफ-२ ले आरआरआरको रेकर्ड तोड्यो

डिसी नेपाल
२९ चैत २०७८ १२:२१

काठमडौं । पछिल्लो समय दक्षिण भारतीय फिल्मको दबदबा चर्को रुपमा बढिरहेको छ । साउथका फिल्महरु एकपछि अर्को गर्दै रिलिज हुँदै ठूला–ठूला रेकर्डहरु बनाइरहेका छन् । उनीहरुलाई भारतमा मात्र नभई विश्वभर मन पराइन्छ ।

पुष्पा र आरआरआर पछि अब पालो फिल्म केजीएफ च्याप्टर २ को छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएदेखि नै फ्यानहरुको कौतुहलता बढेको छ । यसको अनुमान यस तथ्यबाट गर्न सकिन्छ कि फिल्मले रिलिज अघि नै अग्रिम बुकिङको मामिलामा एसएस राजामौलीको आरआरआरलाई पछाडि छोडेको छ।

यतिबेला आरआरआर फिल्मले विश्वभर चर्चा कमाएको छ । हालै फिल्मको वर्ल्डवाइड कलेक्सन १००० करोड नाघेको छ । यस्तो गर्ने यो देशकै तेस्रो चलचित्र बनेको छ । यतिबेला फिल्मले सफलताको स्वाद चाखिरहेको छ र अर्को फिल्मले यसको ठूलो रेकर्ड तोड्न लागेको छ । साउथ फिल्म केजीएफ २ ले रिलिज अगावै ठूलो धमाकाको संकेत दिएको छ । फिल्मले रिलिज अगावै करिब २५ करोडको अग्रिम बुकिङ गरिसकेको छ । जुन आरआरआर भन्दा धेरै हो।

हिन्दुस्तान टाइम्सका अनुसार फिल्म आरआरआरले रिलिजअघि एडभान्स बुकिङबाट मात्र ५ करोड कमाएको थियो । यस सन्दर्भमा केजीएफ-२ को अग्रिम बुकिङ आरआरआरको पाँच गुणा हो। फिल्मले विदेशमा पनि राम्रो कमाई गर्न थालेको छ । अग्रिम बुकिंग मार्फत केजीएफ-२ को हिन्दी संस्करणले ११.४० करोड, तेलुगुले ५ करोड, कन्नडले ४.९० करोड, तमिलले 2 करोड र मलयालमले १.९० करोड कमाइसकेको छ ।

यस हिसाबले अहिलेसम्म फिल्मले देशभर अग्रिम बुकिङमार्फत एकै दिन २५ करोड २० लाख कमाइसकेको छ । यो चलचित्र अप्रिल १४ मा हलमा रिलिज हुँदैछ । फिल्मको पहिलो भागले पनि उत्कृष्ट कलेक्सन गरेको थियो र यो एक्शन फिल्मलाई दर्शकले निकै मन पराएका थिए ।

यशको फिल्मको दोस्रो भागमा बलिउड सुपरस्टार सञ्जय दत्त पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्ममा उनी अधीराको भूमिकामा देखिनेछन् । फिल्ममा उनको क्यारेक्टरलाई लिएर फ्यानहरुको उत्साह पनि फरक स्तरमा छ । यस फिल्ममा रविना टण्डन पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *