कुलमान घिसिङले प्रचण्डकाे सचिवालयलाई भने– पोस्टरमा मेरो तस्वीर राख्न मिल्दैन, हटाउनोस्

डिसी नेपाल
३० चैत २०७८ ११:१९
3.6k
Shares

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र)ले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन्।

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत बुधबार विहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्वीर राखिएको थियो।

पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको थियो । यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन्।

‘ यो कुरा मलाई थाहा थिएन । मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु। हटाउँछु भनेका छन्। निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन। थाहा पाउने वित्तिकै हटाउन भनेको छु,’ प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *