आलिया भट्ट र रणवीर कपूरको विवाह सुरु

डिसी नेपाल
३० चैत २०७८ १३:१९

काठमाडौं । बलिउड अभिनेताहरू आलिया भट्ट र रणवीर कपूरको विवाह सुरु भएको छ । आज अप्रिल १३ मा आलिया र रणवीरको मेहन्दी र संगीत समारोह राखिएको छ। दिउँसो १ बजेदेखि २ बजेसम्म मेहन्दी लगाइने बताइएको छ । अबेर राती संगीत सुरु हुनेछ। यसको समय १० बजेको बताइएको छ । संगीत समारोह पछि कपूर र भट्ट परिवारले संयुक्त रात्रिभोज गर्नेछन्। यसअघि रणवीरको घरमा गणेश पूजा गरियो ।

विवाहसँगै आलियाले आफ्नो व्यावसायिक जीवनमा पनि ध्यान दिनेछिन् । यससँगै रणवीर कपुर पनि आफ्नो कामको प्रतिबद्धता पूरा गर्न व्यस्त हुनेछन् । आलिया विवाहपछिको एक साताभित्रै काममा फर्किने खबर छ । उनले अप्रिल २२ देखि ३१ सम्म आउटडोर सुटिङ गर्नेछिन् ।

रणवीर कपुरले आलिया भट्टका लागि ८ हीराको औंठी बनाएका छन् । रणवीर कपुरको लक्की नम्बर ८ रहेकोले उनले आलिया भट्टलाई विशेष उपहार दिने सोच बनाएका छन् । रणबीर कपुरले ८ हीराको ब्याण्ड बनाएका छन् जसका हीरा आलिया आफैले रोजेकी हुन् ।

गणेश पूजामा रणवीरकी आमा नीतु कपूर, काकी रिमा जैन, बहिनी रिद्धिमा कपूर साहनी, रणवीरकी भान्जी समरा, रितु नन्दा देखिएका थिए । यस क्रममा नीतुले पापाराजीलाई हात जोडेर अभिवादन पनि गरिन् । नीतुको अनुहारमा ठूलो मुस्कान र छोराको विवाहको खुसी प्रष्ट देखिन्थ्यो ।

निर्देशक अयान मुखर्जीले आलिया-रणवीरको मेहेन्दी र संगीत समारोहको दिन फ्यानहरूलाई विशेष उपहार दिएका छन्। अयानले आलिया-रणवीरको आगामी फिल्म ‘ब्रह्मास्त्र’ को गीत केशरिया तेरा इश्क है पिया गीतको टिजर सार्वजनिक गरेका छन् । यस गीतमा रणवीर आलियाको प्रेममा डुबेको देखिन्छ । अब पूरै गीतको प्रतिक्षा छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *