४ दिने भव्य कार्यक्रमसहित अमेरिकामा ‘नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र’ जर्मनटाउनमा सर्दै

डिसी नेपाल
३० चैत २०७८ १७:३७

काठमाडौं। अहिलेसम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बेल्सभिलेमा रहेको ‘नेपाल शैक्षिक तथा सांस्कृतिक केन्द्र’ (एनइसीसी) मेरिल्याण्डकै जर्मनटाउनमा अझै भव्य स्थानमा सर्ने भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि ४ दिनसम्म भव्य धार्मिक कार्यक्रम गरी केन्द्र जर्मनटाउनमा सर्न लागेको हो । यो कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूतसहित अमेरिकामा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहने एनइसीसीका खिलेन्द्रमणि न्यौपानेले बताए ।

कार्यक्रम बिहीबार बिहान स्थानीय समयअनुसार ८ बजे बेल्सभिलेमा रुद्री पूजासँगै सुरु हुनेछ । बिहान ८ बजे रुद्री पूजासँगै क्षमा पूजा हुनेछ । बिहान ११ बजेदेखि बेल्सभिलेबाट जर्मनटाउन स्थानान्तरणको प्रक्रिया सुरु हुनेछ । पौने ११ बजे जर्मनटाउनमा लस कुशसँगै स्वागत कार्यक्रम हुनेछ । यसपछिका सबै कार्यक्रम जर्मनटाउनमा हुनेछन् । सवा १२ बजे पशुपति र बुद्धको विशेष पूजा हुनेछ । दिउँसो २ बजेदेखि प्रसाद वितरण सुरु हुनेछ । दिउँसो ३ बजेदेखि भजन किर्तन र बेलुकी ७ बजेदेखि आरती र दीपावली हुनेछ ।

शुक्रबार बेलुकी साढे ६ बजेदेखि आरती र दीपावली हुनेछ । ७ बजेदेखि भजन किर्तन र बेलुका ८ बजेपछि प्रसाद वितरण सुरु गरिनेछ । शनिबार बिहान १० बजे सत्यनारायण पूजा गरिनेछ । दिउँसो १ बजेपछि लाखबत्ती प्रज्वलनको कार्यक्रम हुनेछ । साढे १ बजेदेखि प्रसाद वितरण सुरु गरिनेछ । दिउँसो साढे २ बजेपछि बालबालिकाको कला प्रदर्शनीसँगै पुरस्कार वितरण र भजन किर्तन हुनेछ । बेलुकी ७ बजेपछि आरती र दीपावली गरिनेछ ।

आइतबार बिहान १० बजेदेखि बुद्ध प्रार्थना र ध्यानको कार्यक्रम हुनेछ । पौने १२ बजेपछि प्रसाद वितरण सुरु गरिनेछ । बेलुकी ७ बजे आरती र दीपावली गरिनेछ । कार्यक्रममा सक्रिय सहभागी भइदिन एनइसीसीले आफ्ना ट्रष्टीहरु, सल्लाहकारहरु, कार्यकारी सदस्यहरु, शुभचिन्तक, स्वयंसेवकहरु, दाताहरुसहित वाशिङटन डिसी क्षेत्रका सम्पूर्ण नेपाली समुदायलाई आमनत्रण गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *