केजरीवालको घर बाहिर तोडफोड घटनामा ८ जना जमानतमा छुटे

डिसी नेपाल
३० चैत २०७८ २२:३१
44
Shares

 

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घर बाहिर विरोध प्रदर्शन र तोडफोडमा सहभागी मध्ये ८ जनालाई हाई कोर्टले जमानत दिएको छ ।

न्यायाधीश आशा मेननको इजलासले मंगलवार यस्तो आदेश दिएको हो । उनीहरुले सार्वजनिक सम्मपत्तिमा क्षति नपुर्याएको फैसलामा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केजरीवालले फिल्म ‘द कश्मीर फाइल्स’ लाई लिएर दिएको अभिव्यक्तिपछि भारतीय जनता युवा मोर्चाका कार्यकर्ताले उनको घर बाहिर बिरोध प्रदर्शन गरेका थिए क्रममा कयौं कार्यकर्ता पक्राउ परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *