तालिबानले भन्यो – ‘हाम्रो देशमा मानवअधिकारको चिन्ता अमेरिकाले गर्नु पर्दैन’

डिसी नेपाल
१ वैशाख २०७९ १७:५६
80
Shares

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले अमेरिकी विदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा मानवअधिकारमाथि प्रश्न उठाएकोमा कडा आपत्ति जनाएको छ । तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले अफगानिस्तानमा मानवअधिकारसम्बन्धी अमेरिकी प्रतिवेदन सत्य नभएको बताएका छन् । उनले ट्विट गर्दै लेखेका छन्– अफगानिस्तानमा मानवअधिकार त्यतिबेला समाप्त भएको थियो जब कब्जापछि अमेरिका र उसका सहयोगीहरूले दैनिक २०० अफगानी मारिरहेका थिए। उनीहरुको घरमा बम विष्फोट भएको थियो ।

जबिउल्लाह मुजाहिदले त्यस समयमा करिब १५ हजार राजनीतिक बन्दीहरू राखिएको आरोप लगाए। उनले ट्वीटमा लेखेका छन्–अहिले कुनै अमानवीय कार्य भएको छैन । यहाँ सबै वैध मानवअधिकारको ग्यारेन्टी दिइन्छ । त्यसैले यहाँ चिन्ता लिनुपर्ने कुनै कारण छैन। अमेरिकाले मानवअधिकारसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा गत वर्ष अगस्ट १५ अघि अफगानिस्तानमा निर्वाचित सरकार रहेको बताएको छ । तर यसपछि तालिबानले सत्ता आफ्नो नियन्त्रणमा लिए र आफ्ना मानिसहरूलाई सरकारमा राखे। अमेरिकाले अफगानिस्तानको वर्तमान अवस्थाबारे विस्तृत जानकारी दिँदै त्यहाँको मानवअधिकारको अवस्था चिन्ताजनक रहेको दाबी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *